
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ ।
सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले न्यायपरिषद्बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।