
काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दैछन् । उनी आइतबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार जेनेभामा आयोजना हुने सभामुखहरूको सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।