
काठमाडौ/प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्। शुक्रवार लगानी बोर्डको बैठकपछि उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन्।
प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा छलफल गर्ने जनाए।
सरकार बिस्तारमा कुनैपनि अफ्ठ्यारो नरहेको दाबी उनले गरे।