
काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममै उनीविरुद्ध नाराबाजी भएको छ । ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा काठमाडौं आयोजित एक कार्यक्रममा युवाहरुले नारा लगाएका हुन् ।
उनीहरुले बैंकको ‘ब्याजदर मिनाह गर, गरिब मार्न पाइँदैन, सरकार बैंकको चर्को ब्याजदरले जनता मरिसके, हे सरकार जनतालाई बचा’ भन्दै प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् ।
प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको भएपनि उनीविरुद्ध युवाहरुले नारा लगाएका थिए । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा सोम शर्मा, विप्लव खड्का लगायत छन् ।
यो पनि पढ्नुहोस् :
यो पनि पढ्नुहोस् :
आतंककारी प्रचण्ड मुर्दावाद भन्दै प्रधानमन्त्री विरुद्ध बानेश्वरमा नाराबाजी