
काठमाडौं/सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईवीच रकम लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरंग आएको छ ।चिया पसलदेखि संसदसम्म यही अडियोका सन्दर्भमा छलफल र बहश भइरहेको छ ।सांसद ढाकाकुमार श्रेष्ठलाई उसको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा राखेर छानविन गरिरहेको छ ।
यसै सन्दर्भमा व्यवसायी प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टीकै थप तीन सांसदहरुको अडियो बाँकी रहेको बताएका छन् ।उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् ।वीरगञ्जमा रहेका प्रसाईले टेलिफोन सम्पर्कमा आफुसँग ७ जना अन्य सांसदहरुको यस्तै प्रकारको अडियो रहेको बताएका छन् । त्यसमध्ये रास्वपाका तीन जना सांसद रहेको बताए । प्रसाईले ढाकाकुमार श्रेष्ठ बाहेक नै तीन जना रास्वपा सांसदको अडियो रहेको दावी गरेका हुन् ।
उनले त्यो अडियो पनि चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘जनतामाथि कुठाराघात भएको छ । सबै भन्दा कान्छो पार्टी पनि यस्तो हालत भएपछि भण्डाफोर गरेको हुँ,’ प्रसाईले बताए।
यो समाचार पढ्नु भयो ?
‘फोन टेप’ बाहिरिए पछि सांसद श्रेष्ठलाई रास्वपाले गर्यो निलम्बित, थप अनुसन्धान पाटीले गर्ने
यो समाचार पढ्नु भयो ?
भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउँछु :लामिछाने



