
काठमान्डौ/शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ । उनको आज बिहान ५ बजेर ५६ मिनेटमा ललितपुरको किष्ट अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि किष्ट अस्पतालमा भर्ना भएकी उनकाे उपचारको क्रममा बिहान निधन भएकाे अस्पतालकी पब्लिक रिलेसन अफिसर विपना घिमिरेले बताइन् । गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।



