सुनको मूल्य बढ्यो ,चाँदीको भने स्थिर(आजको कारोबार मूल्य सहित)

240
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

हिजो प्रतितोला छापावाल सुन ५०० रुपैयाँ र तेजाबी सुन ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावालसुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

 

Share: