नेपाल प्रहरीको प्रवक्तामा कडायत

103
0
Share:

काठमान्डौ/नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

उहाँ प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ । यसअघि पनि कडायत प्रहरी वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहनुभएको थियो ।

 

Share: