
मनिषा महर्जन :- काठमान्डौ/मानव शरीर थुप्रै अंगहरूको श्रृंखलाबाट बनेको हुन्छ । हाम्रो शरीरको बाहिरी बनावट सामान्य देखिए पनि भित्री बनावट अत्यन्तै जटिल छ । शरीरका भित्री प्रणाली ,अंग , तन्तु , ग्रन्थी र कोषहरुको सहायताले नै शरीरको सन्चालन भैराखेका हुन्छ ।
सामान्यतः मानव शरीरमा ७८ अंग हुन्छन् ।शरीरका हरेक अंगको आ–आफ्नै महत्व र विशेषता छन् । शरीरका थुप्रै अंगहरुमध्ये लिभर अर्थात कलेजो पनि एक हो । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । यो शरीरको यस्तो अंग हो, जसलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु निकै उतम हुनेछ । कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो, जसको लम्बाई लगभग ६ इन्च हुन्छ भने जसको तौल सवा किलोदेखि डेढ किलोसम्म हुने गरेको छ ।
कलेजोले पाचन क्रियामा सघाउनेदेखि शरीरका विषालु पदार्थ अलग गर्ने सम्मको काम गर्छ । कलेजोमा खराबी भए शरीरको पाचन प्रणाली चुस्त हुने भन्दा पनि शरीरमा विषातm पदार्थ फैलन्छ र विभिन्न अंगमा त्यसको प्रभाव पर्न थाल्छ । यसले क्रमश मिगौँला, मुटु र शरीरका अन्य अंग सबैमा असर गर्न सक्छ ।
तपाईको कलेजो खराब हुने मुख्य कारणहरु :
कलेजो खराब हुने थुप्रै कारणहरु छन् । हेपाटाइटिस ए, बी, सी, डी र ई, कोरोना भाइरस, मलेरिया, कालाजार जस्ता थुप्रै सरुवा रोगका कारण कलेजो खराब हुन्छ । साथै खराब खानपान, मोटोपन, धुम्रपान, मदिरा सेवन, औषधिको अत्यधिक सेवन, व्यायामको कमी, अत्यधिक प्रोटिनको सेवन जस्ता कार्यहरुले पनि तपाई र हाम्रो कलेजो खराब हुने गर्दछ ।
कलेजोमा समस्या आयो भने हाम्रो शरीरको छाला पहेंलो हुँदै जान्छ।आँखामा समेत पहेंलोपन बढ्छ र पिसाब पनि पहेंलो हुन्छ । त्यसैगरी कलेजोको समस्या बढ्दै गए, बान्तामा रगतको छिर्का देखिन्छ ।यसैगरी रगतको बान्ता भयो भने तपाई हाम्रो कलेजो खराब भएको जनाउँछ ।साथै कलेजो खराब हुँदा पेटभन्दा तल सुन्निने, हात गोडा सुन्निने जस्ता समस्या पनि देखिन्छन् । खानाको स्वाद थाहा नहुने र बारम्बार स्वाद फरक हुने समसया देखिन्छ । बिना परिश्रम थकान र कमजोरी भए पनि कलेजोको समस्या हुन सक्छ ।
तपाईको कलेजोलाई कसरी स्वस्थ राख्ने ?
सामान्य स्वस्थकर जीवनशैली र खानपान अपनाएर कलेजोलाई स्वस्थ राख्न सकिन्छ । जीवनशैलीमा साधारण परिवर्तन गरेर पनि कलेजो सम्बन्धि समस्याबाट जोगिन सकिन्छ । कलेजोलाई स्वस्थ राख्न ताजा फलफूल, हरियो सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । दिनहुँ पर्याप्त पानी पिउनुपर्दछ । कलेजोलाई स्वस्थ्य राख्न मद्यपान वा धूम्रपान गर्नु हुँदैन ।
यसैगरी कलेजोलाई स्वस्थ राख्न पर्याप्त निद्रा पनि आवश्यक मानिन्छ । तनाव लिनु हुँदैन । तनावले पनि कलेजोको कार्य क्षमतामा असर पार्छ । अनि पाचन प्रक्रिया गडबड हुन थाल्छ । यसैगरी माटोपनले पनि कलेजोमा समस्या ल्याउन सक्छ । त्यसैले स्वस्थ कलेजोको लागि दिनहुँ व्यायाम गर्नु आवश्यक हुन्छ ।
कलेजोलाई स्वस्थ्य राख्न मद्यपान वा धूम्रपान गर्नु हुँदैन । यसैगरी कलेजोलाई स्वस्थ राख्न पर्याप्त निद्रा पनि आवश्यक मानिन्छ । तनाव लिनु हुँदैन । तनावले पनि कलेजोको कार्य क्षमतामा असर पार्छ । अनि पाचन प्रक्रिया गडबड हुन थाल्छ । यसैगरी माटोपनले पनि कलेजोमा समस्या ल्याउन सक्छ । त्यसैले स्वस्थ कलेजोको लागि दिनहुँ व्यायाम गर्नु आवश्यक हुन्छ ।