
काठमान्डौ/नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भइरहेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सो सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजबी सुन तोलाको एक लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।