किसानको गोलभेँडा माथी गाडी गुड्दै (फोटो फिचर)

Share:

काठमान्डौ/उचित मूल्य नपाएको भन्दै कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले गोलभेँडा फालेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको छ भने नेपाली टनेलको गोलभेँडा ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।

 

Share: