
तेजन खड्का :- काठमान्डौ/गएको प्रतिनिधी सभा चुनाबमा झापा क्षेत्र नम्बर ४ बाट बाघी उम्मेदवार बनेकी खुस्बु ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काखी च्यापेपछि पार्टीभित्र भाडभैलो भएको छ । आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बाघी उम्मेदवार उठेपछि खुस्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काषित गरेको थियो ।
पार्टीबाट निस्काषित भएकी ओलीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले विधिबिधानको धज्जी उडाँउदैं पार्टीको असार १२ गते केन्द्रिय सदस्य र प्रशिक्षण बिभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र तिब्र भाडभैलो बढेको हो ।
लिङ्देनको सो हर्कतले पार्टीमा क्रियाशिल रहेर काम गरिरहेका नेता तथा कार्यकर्ता समेत निराश भएको बताईको छ । ‘अध्यक्षले जे गर्दा पनि हुँदो रहेछ, आफ्नै पार्टीको उम्मेदवारलाई हराउन उम्मेदवार बन्ने ओलीलाई सबक सिकाउनु पर्नेमा क्रेनले उठाएर ल्याए जस्तै पदमा राखेपछि हामीमा अपमानित तथा लज्जाबोध भएको अनुभुती भएको छ, राप्रपाका एक केन्द्रिय सदस्यले भने, अध्यक्षको काम गराईले हाम्रो उर्जा घटेको छ, राजनितिक भविष्यनै अन्यौल देखेका छौ ।
पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुसी पार्नेहरु मात्र पार्टीमा हाबी हुने हो भने पार्टी धराशायी भएर ती नेताले बताए । उहाँको काम गराई बुझिनसक्नुछ, उदेक लाग्दो छ, ति नेताले भने, एनि हाउ आफु आउ भनेर पार्टीका उम्मेदवारलाई एमालेसँग भिडाउनु हुन्छ, आँफु चाँहि सेभ जोनमा खेल्दै त्यहि एमालेसँग एलायन्स गर्नुहुन्छ ।
यता राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाले ओलीलाई कारवाहीको लागि सिफारिस मात्र गरिएको गोलमोटल जझाफ दिए । तर उनले निकालेको बिज्ञप्तिमा साधरण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । अध्यक्ष ओझाले भने, खुस्बु ओली जी आत्मआलोचना गर्दै पार्टीमा खट्छु हरेक गतिविधीसमा सक्रिय हुन्छु भनेपछि केन्द्रिय अध्यक्ष ज्यूले पार्टीको जिम्मेवारी पदमा मनोनित गर्नुभएको हो। यसमा जिल्ला भन्दा केन्द्रको निर्णय नै उपयुक्त हुन्छ ।
त्यसो त पार्टीको असार १० भएको केन्द्रिय कार्यसम्पादन बैठकमा अधिकांश सदस्यहरुले पार्टी संचालन गर्न दीर्घकालिन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर अहिले पार्टी नेतृत्व चाकरी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकाङ्गी ढङ्गले अघि बढेको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए ।
अध्यक्ष लिङ्देनको बोली एउटा ब्यवहार अर्को भएको भन्दै देशभरका अधिकांश कार्यकर्ताहरु निरास रहेको बताईन्छ ।