Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबार – Lekhanpeeth

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबार

224
0
Share:

काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन शुक्रबारका लागि केन्द्रीय कार्य समिति बैठक बोलाएको छ ।

 

बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए ।

 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक तथा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । हालै तराई–मधेश सम्मेलन सम्पन्न गरेको राप्रपा नेपालले यही पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको छ ।

Share: