आफ्नै घरमा मृत भेटिए अभिनेता सारुक ताम्राकार

Share:

काठमान्डौ/अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार काठमाडौँको रातोपुलस्थित घरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार सारुक बिहीबार साँझ घरको छतमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

 

प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार साँझ घरमा एक्लै रहेको अवस्थामा उनले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । यद्यपि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

 

घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महारानगञ्जमा लगिएको छ ।

 

फिल्म रानीबाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’, ‘नमरी बाचे,’ इन्टु मिन्टु लण्डनमा लगायत अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिशत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

Share: