Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै – Lekhanpeeth

आज भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

244
0
Share:

काठमान्डौ/आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

 

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनको निधन १९२५ मा भएको थियो।

 

भानुजयन्तीको अवसरमा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दैछन्। विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदै छ। विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता नै चलाएका छन्। भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।

Share: