
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ लाख रुपैयाँ धरौटीमा छुटेका केशव तुलाधरलाई केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीले नियन्त्रणमा लिएको छ । ललिता निवास प्रकरणमा जोडिएपछि प्रहरीले सीआईबीलाई जिम्मा लगाएको हो ।
स्रोतका अनुसार ललिता निवासको झण्डै २ रोपनी जग्गा तुलाधरको नाममा देखिएकोले उनलाई नियन्त्रणमा लिएको हो ।