
काठमान्डौ/साताको पहिलो दिन अर्थात् आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।
यस्तै, आज आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । योसँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।