
काठमान्डौ/प्रहरी प्रधान कार्यालयले निलम्बनमा परेका एकजना डिएसपीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
केही समयअघि बुटवलमा कार्यरत डिएसपी ठगबहादुर केसी ३५ किलो सुन र केही नगदसहित प्रक्राउ परेका थिए । उनीमाथि सुनचाँदी व्यवसायी संघबाट घुस खाएको आरोप लागेको थियो ।
त्यसपछि उनलाई निलम्बन गरिएको थियो । र, छानबिनका लागि प्रहरी प्रधान कार्यालयले एउटा समिति बनाएको थियो । त्यसकै आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई भविष्यमा कुनै पनि सरकारी जागिर वा नियुक्तिका लागि अयोग्य हुने ठहरसहित बर्खास्त गर्न सिफारिस गरेको हो ।