‘मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुला

226
0
Share:

काठमान्डौ/मिस युनिभर्स नेपाल २०२३’ को आवेदन खुला गरिएको छ । बिहीबार नेपाल पर्यटन बोर्डमा कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको औपचारिक रूपमा घोषणा गरिएको हो ।

 

विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता, सम्मानित मिस युनिभर्स फ्रान्चाइजीअन्तर्गत स्वतन्त्र राष्ट्रिय प्रतियोगिताको चौथो संस्करण हो । मिस युनिभर्स नेपालले सबैका लागि समावेशीता र अवसरहरूलाई बढावा दिँदै प्रतियोगिताको समृद्ध विरासतलाई अगाडि बढाउँदै लगेको प्रतियोगिताका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए ।

 

मिस युनिभर्स नेपाल २०२३ को ताज जित्ने सहभागीले ७२औँ मिस युनिभर्सको भव्य मञ्चमा प्रतिनिधित्व गर्ने पाउने छन् । यस संस्करणमा सहभागी बन्नको लागि मिस युनिभर्स नेपालको वेबसाइटमा गएर वा खल्ती एप प्रयोग गरी दर्ता गर्न सकिने निर्देशक नग्मा श्रेष्ठले बताइन् ।

 

मिस युनिभर्स नेपाल २०२३ एक प्रतियोगिता मात्र नभएर विविधता, सशक्तिकरण, र नारीत्वको भावनाको उत्सव रहेको उनले बताइन् । १८ देखि २८ वर्षसम्मका युवतीहरू प्रतियोगितामा सहभागी हुन पाउनेछन् । जुन १५ देखि अगस्ट ३ सम्म दर्ता समय तोकिएको छ । विजेताले इको इन्फिनिटी एनआईयू नेपालबाट इलेक्ट्रिक स्कुटर पनि उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Share: