सुनचाँदीको मूल्य घट्यो

240
0
Share:

काठमान्डौ/आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेर तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

मंगलबार छापवाला सुन तोलामा एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share: