संसदीय समिति सभापतिको भागबन्डा टुंगियो, रास्वपा र राप्रपा आउट

374
0
Share:

काठमान्डौ/संघीय संसदका संयुक्त र विषयगत समिति को भागबण्डा मिलेको छ । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।

 

‘प्रचण्ड’ले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् । ‘प्रचण्ड’ले जानकारी गराएअनुसार काँग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।

 

‘प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ ।

 

संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन् । शीर्ष नेतृत्वको बैठक मध्याह्न १२ बजे सभामुखको कार्यकक्षमा बस्नेछ ।

Share: