Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक : मन्त्री भुसाल – Lekhanpeeth

चुरे ‘रिचार्ज’ गरी तराईमा कृषिको विकास गर्न आवश्यक : मन्त्री भुसाल

Share:

काठमान्डौ/ कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले तराईको समग्र कृषिको विकासका लागि चुरे क्षेत्रको ‘रिचार्ज’ गर्नुपर्ने आवश्यक्ता औँंल्याएका छन् । सिरहाको लहानस्थित एक कार्यक्रममा उहाँले चुरे विनाशसँगै पानीका मुहान सुक्दै गएकाले यसको रिचार्ज गर्नुपर्ने बताएका हुन् ।

 

‘हामीले चुरेको रिचार्ज नगर्ने हो भने एकाध वर्षमा तराई क्षेत्र मरुभूमि बन्न सक्ने खतरा छ, तर कसरी चुरेको रिचार्ज गर्ने रु कसरी चुरेको संरक्षण गर्ने रु’, मन्त्री भुसालले भने, ‘त्यसको लागि एउटा उपाय छ, त्यो भनेको चुरेको फेदीबाट पूर्व–पश्चिम नहर बनाउनुपर्ने आवश्यक्ता छ, यसो गरियो भने चुरेको रिचार्ज हुन्छ, खानेपानीको पनि अभाव हुन्न, सिँचाइको पनि अभाव हुन्न, अन्नको भण्डार मानिने तराईमा बाह्रैमास सिँचाइ गर्न सकिन्छ ।’

 

पानी नदीबाट बगेर जाने तर खडेरी परेर यहाँका किसान रुनुपर्ने अवस्थालाई अन्त्य गरी उक्त बगेर जाने पानीलाई व्यवस्थापन गरी नदीले कटान गरिएका लाखौँ हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न सकिने मन्त्री भुसालले व्यक्त गर्नुभयो । साथै चुरेको फेदीका ठाउँठाउँमा जलाशययुक्त पोखरी, तालतलैया निर्माण गरी पर्यटन केन्द्र, माछापालन, हाँसपालन जस्ता योजनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार लाग्नुपर्नेमा उनले जोड दिए ।

Share: