Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रान्समिटर पड्किँदा १६ दिनदेखि जगतपुरका सयौँ परिवार बिजुलीबाट वञ्चित – Lekhanpeeth

ट्रान्समिटर पड्किँदा १६ दिनदेखि जगतपुरका सयौँ परिवार बिजुलीबाट वञ्चित

255
0
Share:

काठमान्डौ/एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ। वर्षा हुने बित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ। गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका वेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला, सहजै अनुमान गर्न सकिन्छ।

 

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन। यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन्। बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनन्दिन कष्टकर बनेको स्थानीय बताउँछन्। बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए।

 

‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन बित्दा पनि बत्ती आउने टुङ्गो छैन।’ बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृद्धालाई भएको छ। ‘मेरा साना दुई बच्चा छन्। रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छटपटाउँछन्’, स्थानीय समीरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन। साह्रै दुःख भयो।’

 

जगतपुर गाउँमा करिब ८५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए। स्थानीय चौराहामा जडान गरिएको १६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ। लामो समयसम्म गाउँमा विद्युत् नहुँदा टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन्।

 

लामो समयदेखि विद्युत् नभएपछि स्थानीय का घरमा रहेका मेसिनरी सामानसमेत बिग्रन थालेका छन्। ट्रान्समिटर पड्किँदा तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँच पटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए।

 

‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ।’

Share: