Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

244
0
Share:

काठमान्डौ/नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

 

छापावाल सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार उक्त सुन तोलाको एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: