महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा पक्राउ

253
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि साङ्घातिक आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आज (बुधबार) रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गरेका थिए ।

 

कार्यक्रममा कालो झोला बोकेर बसिरहेका सापकोटाले यादवमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । सापकोटालाई प्रहरीले सिंहदरबार प्रहरी वृत्तमा लगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

घटनामा घाइते भएका यादवको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताइएको छ ।

यो पनि पढ्नुहोस्:

काँग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Share: