एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै नेपाली महिला क्रिकेट टिम

181
0
Share:

काठमान्डौ/नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किँदै छ । नेपाली टिम आज राति ९ बजे स्वदेश फर्कने तालिका रहेको छ । थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो ।

 

समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो । नेपालकै समूहमा रहेको समूह ए को विजेता युएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो ।

 

नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।

Share: