Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सत्ता साझेदार दलको बैठक बस्दै – Lekhanpeeth

सत्ता साझेदार दलको बैठक बस्दै

Share:

काठमान्डौ/सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।

 

आइतबार प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे छलफल भएको थियो ।

 

आइतबार भएको दुई दलका शीर्ष नेताहरूबिचको बैठकमा न्यूनतम साझा कार्यक्रमका लागि काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने विषयमा छलफल भएको बताइएको छ ।

 

त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको सचिवालयको भनाइ छ।

Share: