इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद

205
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गरेका छन् ।

 

प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए। उनले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बतएका छन्।

 

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गरेका थिए। उनले यी सबै कुरा त्यहाँका अरु विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गरेका थिए ।

Share: