
काठमान्डौ/प्रधानमन्त्री तथा मन्त्रीहरूले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठक जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।
भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भइरहेको छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोडभन्दा बढी रकम जम्मा भइसकेको छ ।
यस्तै प्रदेश सरकारहरू र विभिन्न स्थानीय तहहरूले पनि प्रभावित क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । साथै केही प्रदेशले त्यस क्षेत्रमा चिकित्सक टोली पनि खटाएका छन् ।