
काठमान्डौ/त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालय ९पनिका० को वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको त्रिविले जनाएको छ ।
गत शुक्रबार सगठित समितिलाई १५ दिनको समय दिएको उनले बताए । समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्नेछ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १५ माघबाट अनलाइनबाट विद्यार्थीका प्रमाणपत्रहरू दिन भनेको तर सेवा सुरु भएको एक दिनमै वेबसाइट ह्याक भएको थियो ।