Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेप्से ५ अंकले बढ्यो, कारोबार रकम तीन अर्बभन्दा बढी – Lekhanpeeth

नेप्से ५ अंकले बढ्यो, कारोबार रकम तीन अर्बभन्दा बढी

197
0
Share:

काठमान्डौ/साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ। नेप्से ५.७४ अंकले बढेर दुई हजार ९६.७४ विन्दुमा पुगेको छ।

 

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक अंकभन्दा कमले बढेको छ। ९१ लाख ७१ हजार कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

 

नेप्सेका १३ उपसमूहमध्ये बैंक, जीवन बिमा, म्युचल फन्ड र अन्यको सूचकमा गिरावट आएको छ भने बाँकी उपसमूहको सूचकमा वृद्धि देखिएको छ। म्युचल फन्ड सर्वाधिक एक प्रतिशतले घट्दा हाइड्रोपावर र व्यापार उपसमूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्।

 

आज ८२ कम्पनीको मूल्य घट्दा एक सय ५७ कम्पनीको मूल्य वृद्धि भएको छ। यस दिन समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, त्रिशूली जलविद्युत् कम्पनी, मायाखोला हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर, इङ्वा हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नौदेखि सात प्रतिशतसम्मले बढेको छ।

 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को मूल्य सर्वाधिक ९.९७ प्रतिशतले घटेको छ। यसैगरी, आरबिबी म्युचल फन्ड –१, गणपति लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर र एनआइसि एसिया ग्रोथ फन्डको मूल्य पाँच प्रतिशतदेखि तीन प्रतिशतसम्मले घटेको छ।

 

कारोबार रकमका आधारमा आज हिमालय रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। कम्पनीको १८ करोड ८७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कारोबार सेयर संख्याका आधारमा भने तीन लाख ८६ हजार कित्ता सेयर कारोबार भएको अपि पावर कम्पनी शीर्ष स्थानमा छ।

Share: