Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यी हुन् मन्त्रिपरिषद्का निर्णय – Lekhanpeeth

यी हुन् मन्त्रिपरिषद्का निर्णय

270
0
Share:

काठमान्डौ/सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छन् । बिहीवार बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो । उनी यसअघि पनि सरकारको प्रवक्ताको जिम्मेवारीमा थिइन् ।

 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सीएसडब्ल्यूको ६८औँ सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन् ।

 

सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनले बताइन् ।

Share: