सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

162
0
Share:

काठमान्डौ/छापावाला सुनको मूल्य रेकर्ड मूल्यबाट ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुनको भाउ बुधबार एक हजार रुपैयाँले घटेको हो । गत फागुन २७ गते १ लाख २६ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउ २८ र २९ गते स्थिर रहेको थियो ।

 

बुधबार छापावाला सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख २६ हजार रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यता, बुधबार चाँँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चाँदी १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: