सुनको मूल्यमा नयाँ रेकर्ड कायम

Share:

काठमान्डौ/स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

यसअघि चैत ८ गते हालसम्मकै उच्च मूल्य एक लाख २७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: