नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

86
0
Share:

काठमान्डौ/नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ।

 

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो। ‘नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी-२० खेल आउटफिल्ड भिजेको कारण रद्द भएको छ,’ क्यानले भनेको छ।

 

कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृङ्खला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

 

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल शुक्रबार खेल्ने छ।

Share: