सुनको मूल्यले तोड्यो कीर्तिमान, प्रतितोला १ लाख ३० हजार पुग्यो

Share:

काठमान्डौ/सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड शुक्रबार तोडिएको छ । शुक्रबार सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीहरुले बताएका छन् । यस्तै, बिश्व बजारमा द्धन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि मुल्य वृद्धि भएको उनीहरुले बिश्लेषण गरेका छन् ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँ बढेको हो ।

 

बिहीबार चाँदी १ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

Share: