Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वेस्ट इन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य – Lekhanpeeth

वेस्ट इन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

213
0
Share:

काठमान्डौ/टि २० सिरिजका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले जितका लागि नेपाललाई १६१ रनका लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको हो।

 

खराब सुरुवात गरेको वेस्ट इन्डिजले अन्तिम दुई ओभरमा ४१ रन जोड्दै मध्यम लक्ष्य प्रस्तुत गरेको हो। १९ औं ओभरमा १९ रन जोडेको वेस्ट इन्डिजले अन्तिम ओभरमा २२ रन जोड्यो। वेस्ट यीनडजकमा गुडाकेश मोशनले मात्रै ८ बलमा ३३ रनमा नटआउट रहे। म्याथ्यू फोर्डले ६ बलमा ११ रन जोडे।

 

त्यसअघि ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाउँदा गुमाएको वेस्ट इन्डिजका अर्का ओपनर अलिक अथानाजी ६ रनमै पेबेलियन फर्किए। आन्द्रे फ्लेचर ४३, भुने प्यान मा २३ र केसी कर्टि १० रनमा आउट भए। केएम पलले ८ र हेडेन तकियाले ९ रनको योगदान दिए।

 

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक एक विकेट हात पारे। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। यसअ िघ पहिलो खेलमा नेपालले १०५ रनको लक्ष्य पूरा गर्दै ४ विकेटको जित हात पारेको थियो।

Share: