
काठमान्डौ/बुधबार सुनको मूल्य २ हजार ७०० रुपैयाँले घटेको छ । मंगलबार स्थिर रहेको सुन बुधबार २७ सय रुपैयाँले घटेको हो । एकैदिन २७ सय रुपैयाँले घटेसँगै बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ घटेको छ । मंगलबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।