सुनको मूल्य घट्यो, चाँदी स्थिर

122
0
Share:

काठमान्डौ/साताको अन्तिम दिन आज (शुक्रबार) छापावाला सुनको मूल्य एकैदिन प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । बिहीबार २ हजार रुपैयाँले बढेको सुनको भाउ शुक्रबार ११ सय रुपैयाँले घटेको हो ।

 

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

Share: