सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/सातामो चौँथो दिन आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ७०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँले बढेको हो ।

 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: