नेपाल एयरलाइन्सकी पाइलट पन्तको उडान निलम्बन फुकुवा

78
0
Share:

काठमान्डौ/नेपाल नागरिक उड्‌डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

 

पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधित काम गरेको उजुरीका आधारमा क्यानले ‘एक्टिभ ड्युटी’बाट हटाएको भएको थियो । तर, छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।

 

‘पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो । छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो,’ पाण्डेले भने । नेपाल वायु सेवा निगमको न्यारो बडी जहाज ‘ए ३२०-२००’ की पाइलट पन्तलाई क्यानले २१ जेठ मा ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो ।

Share: