प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ : सांसद पौडेल

70
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन् । उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए ।

 

उनले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रस्तुत गर्न नसकेको बताए । उनले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए ।

 

उनले विगतका सरकारहरू र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए । सांसद पौडेलले योजना छनाेट र बजेट विनियोजनप्रति आफ्नो गम्भीर प्रश्न रहेको बताए ।

Share: