
काठमान्डौ/प्रहरीले लागूऔषध खैरो हेराइनसहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका–६ बस्ने विजय गुप्ता र कैलाली लम्कीचुहा नगरपालिका–१ का टंक बहादुर शाही छन् ।
गुप्ता कंलकीस्थित प्लाजा गल्लीबाट खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित र शाही नागार्जुन नगरपालिका–२ सानो भर्याङबाट १३ ग्राम २ सय ४० मिलिग्रामसहित पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली सोमबार पक्राउ उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।