
काठमान्डौ/शुक्रबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १०० रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७० रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।