Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कर्णाली राजमार्ग पुनः अवरुद्ध – Lekhanpeeth

कर्णाली राजमार्ग पुनः अवरुद्ध

182
0
Share:

काठमान्डौ/कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । वर्षाका कारण कालिकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ठूल्ठूला ढुङ्गा झरेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

 

डिभिजन कार्यालयका जुम्लाका इन्जिनियर वीरबहादुर जिटीका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ । सडक अवरुद्ध भएपछि यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

 

यसअघि पनि कर्णाली राजमार्ग पहिरोका कारण चार दिन अवरुद्ध भएको थियो ।

Share: