Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
शहरी विकास मन्त्री सिंह र मेयर्स फोरमका प्रतिनिधिमण्डलबीच भेटवार्ता, बालेन अनुपस्थित – Lekhanpeeth

शहरी विकास मन्त्री सिंह र मेयर्स फोरमका प्रतिनिधिमण्डलबीच भेटवार्ता, बालेन अनुपस्थित

216
0
Share:

काठमान्डौ/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यका मेयर्स फोरमका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

 

बिहीबार सिंहदरवारमा उपप्रधानमन्त्री सिंहलाई भेटेर मेयर्स फोरमले फोहोर व्यवस्थापनमा प्रभावकारी कार्य गर्न, स्मार्ट सिटीका लागि वर्षौँदेखि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न तथा बिजुली बत्तीको महसुल उठाउने बारे माग गरेको छ ।

 

फोरमले सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नगरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

 

भेटका क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, बत्ती, स्मार्ट सिटीको जग्गा रोक्कालगायतका विषयको समस्या पनि छिट्टै समाधान गरिने आश्वासन दिए ।

 

मेयर्स फोरमले आफ्ना माग लिएर उपप्रधानमन्त्री सिंहसँग भेट्न जाने क्रममा १७ स्थानीय तहका मेयर सहभागी भए पनि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भने उपस्थित भएनन् । काठमाडौँ उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।

Share: