
काठमान्डौ/नुवाकोटको शिवपुरीमा अस्ति बुधवार भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पाइलट (क्याप्टेन) अरुण मल्लको शव परिवारलाई जिम्मा लगाइको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पाइलट मल्लको शव परिवारलाई जिम्मा लगाएको हो ।
यस्तै हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ नागरिकको पहिचानका लागि आधार सङ्कलन गर्ने काम हुँदैछ । चिनियाँ नागरिक जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव पहिचानका लागि आवश्यक प्रक्रिया चलिरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले जानकारी दिए । शवको पोस्टमार्टम भने सकिएको छ ।