
काठमान्डौ/आइतबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ३००० रुपैयाँ बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको हो ।