Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ – Lekhanpeeth

खुकुरी प्रहार गरेको आरोपमा वडाध्यक्ष वलीसहित ४ जना पक्राउ

Share:

काठमान्डौ/बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। गएराति जिल्लाको विनौना भन्ने ठाउँका दुई युवालाई खुकुरी प्रहार गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार, घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई पक्राउ गरिएको हो। उनीहरूसँग सोधपुछ गर्ने कार्य चलिरहेको छ। खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ।  वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए।

 

वली २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

 

Share: