मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

91
0
Share:

काठमान्डौ/मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ ।

 

कम्पनीको गत भदौ २ गते बसेको सञ्चालक समितिको १४७औं बैठकले रिक्त रहेको सीईओ पदमा शर्मालाई आगामी चार वर्षका लागि भदौ ५ गतेदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले यसअघि कायम मुकायम सीईओमा अशोक कुमार आचार्यलाई जिम्मेवारी दिएको थियो ।

 

यसअघि उनी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सीईओ थिए ।

Share: